शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको योगदान महत्वपूर्ण उपप्रम पोखरेल

काठमाडौ जेठ २, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटन गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान रहने बताउँदै ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारको राष्ट्रिय अभियानलाइ सफल कला र साहित्य क्षेत्रको भूमिका आफैमा महत्वपूर्ण रहेको बताउनुभएको छ ।

त्यस अवसरमा उपप्रम पोखरेलले राष्ट्रिय अरनिको ललितकला प्रज्ञा सम्मान वरिष्ठ कलाकारद्दय चिनीकाजी ताम्राकार र रतनकुमार राईलाई त्यस्तैगरि पत्रकारिता र साहित्यका माध्यमबाट ललितकलाका क्षेत्रमा योगदान गरेकोमा रु २५ हजार राशिको ललितकला पत्रकारिता पुरस्कारबाट श्यामप्रसाद रिमाललाइ त्यस्तैगरि सम्मानित गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा क्रमस आधुनिक चित्रकला , परम्परागत चित्रकला , आधनिक मुर्तिकला, परम्परागत मुर्तिकला, आधसनिक हस्तकला,लोक कला, वास्तुकला तथा सिर्जनात्मक विधा, र ललितिकला लेखन तर्फ राष्ट्रिय र प्रदेशस्तरमा गरी कूल ३७ श्रष्टालाई पुरस्कृत गरिएको थियो । त्यस्तै नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी ३ सातासम्म चल्नेछ प्रतिष्ठानले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।