शुक्रबार, बैशाख १४, २०८१

राणा, पञ्चायत र राजा फालेका काङ्ग्रेसलाई कुनैपनि तानाशाही अमान्य : सभापति देउवा

संसद बैठकमा प्रधानमन्त्रीले संसदको गरिमालाइ नामेट गर्दै गैरसंसदीय भाषा र शब्द प्रयोग गर्दा पनि सभामुख सरकारको लाचार छाँया बन्दै बसेको आरोप सहित सभामुख महराले प्रधानमन्त्रीलाई ‘रुलिङ’ गर्न नसक्नुले सभामुखको औकात के र कति भन्ने जगजाहेर

काठमाडौ बैशाख २५,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आजबाट देशभर एकसाथ शुरु गरेको प्रथम चरणको हिमाल, पहाड, तराई मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान अन्र्तगत काठमाडौं काँग्रेसको आयोजनामा आज भएको शुभारम्भ कार्यक्रमलाइ सम्बोधन गर्र्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको लागि तानाशाही भएकै कारण राणा , पञ्चायत र राजा फालेका काङ्ग्रेसलाई कुनै प्रकारका तानाशाही र यसका कुनैपनी क्रियाकलाप मान्य हुन नसक्ने बताउँदै ओली सरकारले पनि यस्तै किसिमको तानाशाही लाड्ने चेष्टा गर्दै गर्दा ओली सरकारलाइ फाल्न काँग्रेस पछि नपर्ने बतानुभएको छ ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा मंगलवारको संसदबैठकमा प्रधानमन्त्रीले संसदको गरिमालाइ नामेट गर्दै गैरसंसदीय भाषा र शब्द प्रयोग गर्दा पनि सभामुख सरकारको लाचार छाँया बन्दै बसेको आरोप लगाउँदै संसद् विपक्षको हो, सरकार सत्तापक्षको हो, संसद्मा विपक्षले बोल्न पाउनु उसको बैधानिक अधिकार भएको बताउँनु भएको छ । जव प्रधानमन्त्री जस्तो व्यक्तिले संसदमा मर्यादाहीन अभिव्यक्ति दिदैगर्दा सभामुख कृष्ण बहादुर महराले प्रधानमन्त्रीलाई ‘रुलिङ’ गर्न नसक्नुले सभामुखको औकात के र कति भन्ने जगजाहेर भएको बताउँदै संविधानको मर्म र भावनाविपरीत आफुअनुकलको सत्ता हाँक्ने दिवास्वप्न देखेका ओली सरकारलाइ अव काँग्रेसले आफ्नो ल्याकत देखाउँने बताए । साथै उहाँले जागरण अभियानमार्फत् सरकारको गलत गतिविधि आम जनतासमक्ष राख्दै सरकारको यस्तै वै हरकत रहिरहे सडकबाटै ओली सरकारलाई ढाल्ने चेतावनी समेत दिनु भएको छ ।

त्यस्तै कार्यक्रममा काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका केन्द्रीय सदस्य एवम् जागरण अभियानका लागि काठमाडौँका केन्द्रीय प्रतिनिधि बालकृष्ण खाँणले लज्जन र शरम समेत नरहेको ओली सरकार अधिनायकवादको नांगो नाँच नाच्ने तयारीमा रहेको भन्दै त्यस्तो नाच नाच्न नपाउँदै काँग्रेसले साइजमा ल्याउँने बताए । साथै उहाँले जागरण अभियानले पार्टीलाई नयाँ उर्जा सिर्जना गर्ने विस्वास व्यक्त गर्दै काँग्रेस जागी सक्यो त्यसअर्थमा ओली सरकारलाइ बेलैमा सचेत हुन सुझाव दिएका छन ।

त्यस्तैगरि काङ्ग्रेस नेता प्रकाशमान सिंहले जागरण अभियानले पार्टीको वडादेखि केन्द्रसम्म थप ऊर्जा मिल्ने बताउँदै जनतालाई अधिकार सम्पन्न बनाउन काङ्ग्रेसले खेलेको भूमिका आम जनतामाझ चिनाउन अभियानले सहयोगी हुने बताउँदै जनताको दुःखमा साथ दिने पार्टी काङ्ग्रेस मात्र भएको बताए ।

काठमाडौं काङ्ग्रेस सभापति सबुज बानियाले पार्टीभित्र रहेको गुठगत राजनितीको अन्त्य गर्दै काँग्रेसलाइ नयाँशिराबाट चलायमान बनाउँन र सरकारको अराजकताविरुद्ध सम्पूर्ण लोकतान्त्रिक शक्ति एकाकार हुनुपर्ने बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।