बुधबार, बैशाख १२, २०८१

राजपा नेपाल अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारीमा झा

काठमाडौं जेठ ५ , राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजक सम्हाल्ने चक्रिय प्रणालीअनुसार अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि अनिलकुमार झाले सम्हाल्ने हुनुभएको छ । राजपाको अध्यक्ष मण्डलको बैठकले नेता झालाई संयोजक बनाउने निर्णय गरेको राजपा द्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि पार्टीको अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी शरतसिंह भण्डारीले सम्हाल्दै आउँनु भएकोमा चक्रिय प्रणालीअनुसार संयोजक भण्डारी अवधि आजैबाट सकिँदैछ ।

यसैबीच राजपाले पार्टीको विधान २०७४ को धारा २७ बमोजिम धारा उपधारामा संशोधन सहित महाधिवेशनको पछिल्लो मिति कात्तिक २८, २९ र ३० गतेका लागि तोकिएको छ । त्यस्तै निर्धारित मितिमा पार्टी विधानअनुसार महाधिवेशन गर्न नसकिएपछि २ वर्षभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्थालाई संशोधन गरेर ३ वर्ष बनाइएको हो ।

साथै जारी विज्ञप्तिमा अध्यक्ष मण्डलको व्यवस्था पनि हटाएको राजपाको उल्लेख गर्दै अव उपरान्त एकल अध्यक्ष रहने व्यवस्था गरिएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।