शनिबार, बैशाख ८, २०८१

राजधानीमा बढ्दो सडक दुर्घटना सम्बन्धी चेतना अभिवृद्धिका लागि फोटो प्रदर्शनी

काठमाडौ बैशाख २७, बढ्दो सडक दुर्घटनालाइ न्यूीकरणका गर्दै जन चेतना अभिवेद्धि गर्ने लक्ष्य सहित काठमाडौँ महानगरपालिकाले सडक सुरक्षासँग सम्बन्धित फोटो प्रदर्शनी आजदेखि शुरु गरेको छ ।

रत्नपार्कस्थित शान्तिबाटिकामा सडक सुरक्षासँग सम्बन्धित तस्बीर सङ्कलन गर्न सार्वजनिक सूचना जारी गर्दै प्राप्त हुन आएका २०२ वटा तस्बीर मध्ये निर्णायक मण्डलले छनोट गरेका उत्कृष्ट ५० वटा तस्बीर प्रदर्शनीको शुभारम्भ सत्रलाइ सम्बोधन गर्दै कामपा प्रमुख शाक्यले तस्वीर प्रदर्शनीको मुलत लक्ष्य भनेको सडक दुर्घटनालाइ न्यूनिकरण गर्नु रहेको बताउँदै प्रथम, दोस्रो र तेस्रो हुने तस्बीरलाइ रु ५० हजार नगदसहिदको पुरस्कार पाउने व्यवस्था गरिएको बताउँनु भएको छ ।

तस्वीर प्रदर्शनीमा विभिन्न सञ्चार माध्यममा कार्यरत फोटोे पत्रकार र सर्वसाधारण नागरिकले क्लिक गरेका तस्वीर समेत राखिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।