बिहिबार, बैशाख १३, २०८१

राजधानीको सुकेधारा र अनामनगरमा ग्यास सिलिन्डर विस्फोट ,३ को मृत्यु ६ जना घाइते

काठमाडौं जेठ १२,  आइतबार दिउँसो राजधानीको सुकेधारास्थित शैलुनमा र अनामनगर घट्टेकुलोमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । प्राप्त जानकारी अनुसार सुकेधारास्थित शैलुनमा दिउँसो विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको बताइएको छ । २ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको बुझिएको छ ।

यस सम्बन्धमा जानकारी माग गर्दै महानगरीय प्रहरी परिसरमा सम्पर्क गर्दा प्रहरीकाका अनुसार सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर ६ जना घाइते भएको २ जनाको मृत्यु भएको जनाउँदै कसरी विष्फोट भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै अनामनगर घट्टेकुलोमा एक घरमा पनि आजै ग्यास सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । प्रस्तुत विस्फोटको सवालमा भने अनेकन टिप्पणी गरिएको छ ।  कतिपय स्थानीयले ग्यास सिलिन्डर विस्फोट भएको नभइ बम बनाउँदै गर्दा विष्फोट भएको अड्कल गरेका छन । तर प्रहरीले बम विस्फोटन भन्ने वित्तिकै जनमानसमा त्रास उतपन्न हुने बताउँदै बम विस्फोट भएको नभइ ग्यास सिलिन्डर विस्फोट भएको जनाउ दिएको  छ । 

यद्यपी प्रहरी सम्वद्ध स्रोतका अनुसार अनामनगरको विस्फोटको घटनामा केही शंकास्पद वस्तु समेत भेटिएसंगै प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई समेत खबर गरेको बताइएको छ । साथै बिस्फोट कसले गराएको हो रु भन्ने एकीन भइसके पनि बिस्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुन सक्ने अनुमान गरिएको छ । विप्लव समूहले आफ्ना नेता कार्यकर्ता रिहाई माग गर्दै सोमबार बन्द आव्हान गरेको छ । बन्द आव्हानको अघिल्लो दिन त्रसित पार्ने उदेश्यले बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।