शुक्रबार, चैत्र १६, २०८०

राजधानीको टोखामा प्रहरीको गोलीबाट फरार सूचीमा रहेका तामाङ घाइते

काठमाडौ जेठ ६ , काठमाडौंको टोखामा प्रहरीले चलाएको गोलीबाट विगत ६ वर्ष देखी फरार सूचीमा रहेका काले भनिने विष्णु तामाङ घाइते भएका छन् ।

टोखामा लुकिछिपी बसेको छ भन्ने सूचनाको आधारमा सर्च सहित पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि अभियुक्तले प्रतिकार सहित गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारवाही गर्ने क्रममा तामाङ घाइते भएको हो ।

तामाङ विभिन्न चारी मुद्धामा संलग्न रहदै फरार रहदै आएको बुझिएको छ । त्यस्तै गोली लागेर घाइते भएका उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।