शनिबार, बैशाख ८, २०८१

यस्तो छ राष्ट्रिय जागरण अभियानका कार्यक्रमका लागि काँग्रेस केन्द्रीय पदाधिकारीको जिम्मेवारी बाँडफाँड

काठमाडौं बैशाख २३,   नेपाली कांग्रेसले आगामी बुधवारबाट ७७ जिल्लामा एकसाथ शुरु हुने राष्ट्रिय जागरण अभियानका कार्यक्रमका लागि केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।

प्रस्तावित अभियान वैशाख २५—जेठ २५ प्रथम चरण, भदौ २४ (बीपी जयन्ती) —असोज १० दोस्रो चरण र पुष ७—पुस १६ (राष्ट्रिय एकता तथा मेलमिलाप दिवस) तेस्रो चरणमा सम्पन्न हेने जानकारी दिदै पार्टी प्रवक्ता विश्पप्रकाश शर्माले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सात वटै प्रदेशमा केन्द्रीय पदाधिकारीहरुले अभियानका लागि कमाण्ड गर्ने जानकारी दिनुभएको हो ।

जस अनुसार सभापति शेरबहादुर देउवा प्रदेश ३ को काठमाडौंमा र वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश २ को धनुषामा कमाण्ड गर्नेछन् । यस्तै प्रदेश १ को सुनसरीमा उपसभापति विजय गच्छदार, गण्डकीको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश ५ को रुपेन्देहीमा महामन्त्री डा। शंशाक कोइराला, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र सुदुरपश्चिमको कैलालीमा उपसभापति विमलेन्द्र निधिले कमाण्ड गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।

७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुने अभियान विदेशका ३३ स्थानमा समेत हुने जनाइएको छ । त्यस्तै अभियानको लागि मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा लगायतका १२ भाषामा जागरण गीत समेत सार्वजनिक गरिएको उहाँले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।