शनिबार, बैशाख ८, २०८१

म.प बैठक : सरकारी ,सार्वजनिक र गुठी जग्गाको छानबिन गर्न उच्चस्तरीय चार सदस्यीय छानबिन आयोग गठन

काठमाडौ जेठ ९,  मन्त्रिपरिषदको गत जेठ ६ गते बसेको बैठकबाट भएका विभिन्न १६ बुँदे निणर्य सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालेले सरकारी, सार्वजनिक र गुठी जग्गाको छानबिनका लागि सरकारले मोहनरमण भट्टराईको अध्यक्षतामा उच्चस्तरीय चार सदस्यीय छानबिन आयोग गठन गरेको जानकारी दिनु भएको छ ।

आयोगका सदस्यमा जानकीबल्लभ अधिकारी सङ्खुवासभा, दुर्गा दाहाल महोत्तरी र जगतबहादुर देउजा सिन्धुपाल्चोक रहनुभएको छ भने समितिलाइ छ महीनाको कार्यादेश दिइएको छ । त्यस्तै आयोगले पछिल्लो समय सरकारले देशैभर सरकारी, सार्वजनिक तथा गुठीको जग्गा व्यक्तिका नाममा दर्ता भएको र अनियमित तवरले कारोवार भएको समाचार सार्वजनिक हुन थालेपछि प्रस्तुत आयोग गठन गरेको हो ।

त्यस्तै बैठकले सन् २०२० मा संयुक्त राष्ट्र सङ्घ वैशाख दिवस लुम्बिनीमा आयोजना गर्ने तयारी सहितको निर्णय गरेको जानकारी दिदै मन्त्री बाँस्कोटाले जापान सरकारबाट मानव संशाधन विकास परियोजनाअन्तर्गत प्राप्त हुने करीब रु २५ करोड ६० लाख (जापानी येन २५ करोड) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ ।

यस्तै मन्त्रिपरिषद्ले ‘ त्यस्तैगरि बैठकले भन्सार ऐनको नयाँ विधेयक’ तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनुको अलावा ‘खानी तथा खनिज पदार्थसम्बन्धी विधेयक, २०७६’ ‘औद्योगिक व्यवसाय ऐन, २०७३’ को अनुसूची ८ मा लगानी कम्पनी थप गर्ने र आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी मापदण्ड, २०७६ समेत स्वीकृत गरेका छन । साथै मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउनका लागि आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरिएको दिदै प्राविधिक सहायक रथी डा अरुणकुमार न्यौपानेको पदावधिसमेत मन्त्रिपरिषद्को बैठकले थप गरेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।