शनिबार, बैशाख ८, २०८१

मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै महासंघ आन्दोलनमा

काठमाडौं बैशाख २९, नेपाल पत्रकार महासंघले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि आन्दोलन सुरू गरेको छ । मन्त्रिपरिषद्बाट पारित भइ बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रताविरोधी र प्रेस काउन्सिलको सट्टा सरकारबाट नियन्त्रित मिडिया काउन्सिल बनाउन खोजेको भन्दै महासंघले आन्दोलन सुरू गरेको हो ।

स्मरण रहोस संसदमा दर्ता भएको उक्त विधेयकमा समाचारले कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याएको देखिए पत्रकारलाई १० लाख रुपैयाँसम्म जरिवाना भराउन सकिने प्रावधानको व्यवस्था गरिएको छ ।

आन्दोलनकै कार्यक्रमअन्तर्गत् आइतबार महासंघले राष्ट्रिय मानवअधिकार आयोग, महासंघका पूर्वपदाधिकारी तथा विभिन्न सन्चारकर्मीहरुसँग सामूहिक छलफलको कार्यक्रम तय गरेको छ ।’ त्यस्तै महासंघले सोमबार सभामुख, राष्ट्रियसभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने, मंगलबार संसदका विभिन्न समिति सभापति र सदस्यसँग छलफल गर्ने जेठ १ गते कालोपट्टी बाँधेर कार्यक्षेत्रमा काम गर्ने, देशैभर सरोकारवाला पक्षबीच छलफल गर्ने, जेठ ३ मा काठमाडौंमा संसदबाहिर र जिल्लामा सदरमुकामहरुमा सन्चार सामग्रीसहित प्रदर्शन गर्ने कार्यक्रम सार्वजानिक गरिसकेको छ ।