शुक्रबार, चैत्र १६, २०८०

मिडिया काउन्सिल विधेयकविरुद्ध सर्वत्र आन्दोलनका विकुल गुञ्जियो

जेठ २ गते माइतिघरबाट सरकार बिरुद्ध देशैभर प्रदर्शन हुने

काठमाडौं बैशाख २९,  मिडियालाई नियन्त्रण गर्ने नियत राखि केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आम संञ्चार लगायतका विधेयकका बिरुद्ध यत्र तत्र सर्वत्र विरोधका आवाज सहित आन्दोलनका विकुल गुञ्जिएको छ ।   यसैक्रममा नेपाल प्रेस युनियनले पनि सचिवालयको बैठक मार्फत सरकारले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको बिरुद्धमा गर्न खोजिको कू को बिरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन । ।

युनियनद्दारा सार्वजनिक आन्दोलनको कार्यक्रम अन्र्तगत मिडियालाई नियन्त्रण गर्ने नियतबाट संसदमा मिडिया काउन्सिल विधेयक पेश गर्ने संञ्चारमन्त्रीका औपचारिक कार्यक्रम आजैका मितिबाट बहिस्कार गर्ने र देशैभर तथा अन्तराष्ट्रिय शाखाहरुलाई समेत बहिस्कार गर्न निर्देशन सहितको सर्कुलर जारी गरेको छ ।

त्यस्तै यसनियनका महासचिव मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा नेपाल प्रेस युनियन केन्द्रीय समितिको तर्फबाट संघीय संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने त्यस्तै काठमाडौ उपत्यका भित्रका शाखाको हकमा अजयबाबु शिवाकोटीद्दारा जारी विज्ञप्तिमा प्रमुख जिल्ला अधिकारी मार्फत संसदका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापन पत्र बुझाउन भनेको छ । त्यस्तै विज्ञप्तिमा मिडियालाई नियन्त्रण गर्ने सरकारी रबैयाको बिरोधमा जेठ १ गते देशैभरका शाखाहरुले अन्तर्क्रिया जेठ २ गते माइतिघरबाट सरकार बिरुद्ध देशैभर प्रदर्शन र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा सरोकारवालाहरुले गरेका सबै कार्यक्रमहरुमा सकृय सहभागिताको लागि देश भित्र र बाहिर रहेका सबै सदस्यहरुलाई निर्देशन जारी गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।