शुक्रबार, बैशाख ७, २०८१

मालपोत कार्यालय, सिमराका कार्यालय प्रमुख सहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौ जेठ ३,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसंग रु २० हजार घुस लिएको आरोप लागेका मालपोत कार्यालय रूपन्देहीका तामेली शाखामा कार्यरत कार्यालय सहयोगी जोगेन्द्रप्रसाद चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगद्दारा जारी विज्ञप्तिमा मिसिल खोजी प्रतिलिपि उपलब्ध गराउने क्रममा कार्यालय सहयोगी चौधरीले रु २० हजार घुस लिएको उल्लेख गरिएको छ ।
त्यसतै प्रहरी नायब उपरीक्षक बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभएको छ ।

त्यस्तै आयोगले सरकारी खातामा जम्मा गर्नुपर्ने रु चार करोड ५८ लाख ७१ हजार २० दाखिला नगरी व्यक्तिगत खातामा राख्ने जिल्ला मालपोत कार्यालय, सिमराका कार्यालय प्रमुख मदनप्रसाद गुप्ता र लेखापाल युगलकिशोर ठाकुरसहित तीन जनाविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आपसी मिलोमतोमा कार्यालय प्रमुख गुप्ता, लेखापाल ठाकुर र नायब सुब्बा शत्रुधन राउतले सरकारी रकमको अपचलन गरेको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930