शुक्रबार, बैशाख ७, २०८१

माग सम्बोधन नभए बैठक अवरुद्ध गर्ने राजपाको चेतावनी ,पाँचथर घटनाका दोषीलाई कारवाहीको माग

काठमाडौ जेठ ७ , प्रतिनिधिसभाको आज बसेको बैठकको प्रारम्भमै राजपाका नेता महेन्द्रप्रसाद यादवले सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक संसद् र सभामुखको रुलिङलाई सरकारले उपेक्षा गरेकोमा आपत्ती प्रकट गर्दै प्रतिवेन सार्वजनिकको माग एवम् संविधान संशोधनका लागि सभामुखबाट पुनः रुलिङ गर्न माग गर्नुभएको छ ।

त्यस्तै नेता यादवले अव पनि आफ्ना माग प्रति सरकारले नजरअन्दाज गरे आगामी संसद्को बैठक अवरोध हुनसक्ने चेतावनी समेत दिनु भएको छ । बैठक प्रारम्भ हुनासाथ राजपाका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले नेता यादवलाई बोल्न समय दिनुभएको थियो ।  त्यस्तै बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्नु भएको वन विधेयक, २०७५’ र ‘वातावरण संरक्षण विधेयक, २०७५’ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरिएको छ ।

यसैवीच आजको बैठकमको शुन्य समयमा सांसद पुष्पा भुसालले पाँचथरको विभत्स हत्याकाण्डको विषयमा सरकाको ध्यानाकर्षण गराउदै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गर्नुभएको छ ।

त्यस्तै सांसद दिलेन्द्रप्रसाद बडूले एक महिनामा तरकारीको मूल्य दोब्बर भएको र बिचौलियाको बिगबिगी बढेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो भने सांसद बालकृष्ण खाणले पेशागत हकहितको माग गर्दै आन्दोलनरत नर्स र अस्थायी शिक्षकको माग सुनुवाइ गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस्तै सासदहरु देव गुरुङ पदमनारायण चौधरी, नमिताकुमारी चौधरी लगायतले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930