बुधबार, बैशाख १२, २०८१

भारतका प्रम मोदी भाजपाका अध्यक्ष शाहलाइ सभापति देउवाको बधाई तथा शुभकामना

(फाइल फोटो )

कार्यवाहक सभापतिको जिम्मेवारी निधिलाइ

काठमाडौ जेठ १०, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ ।   सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गर्नुभएको छ । उहाँ आगामी सोमबार स्वदेश फर्कनुहुने मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैवीच काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

सभापति देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई पार्टी र आफ्नो व्यक्तिगततर्फबाट बधाई तथा शुभकामना दिदै नेपाल र भारतबीचको सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जाने विस्वास व्यक्त गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।