बिहिबार, बैशाख १३, २०८१

भारतका नवनिर्वाचित प्र.म मोदीको शपथ ग्रहणमा भाग लिन प्रम ओली बिहीबार भारत जाँदै

काठमाडौं जेठ १३ , प्रधानमन्त्री केपी ओली मित्र राष्ट्र भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार त्यसतर्फ जाँदै हुनुहुन्छ ।

भारतमा सम्पन्न लोकसभाको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टीले बहुमत हासिल गरेपछि नेता मोदी दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा हुन लागेको समकक्षी मोदीको शपथ ग्रहण कार्यक्रममा चग लिन प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिका शाक्य र अरु उच्च सरकारी अधिकारी पनि सहभागी हुने बताइएको छ । प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कनुहुनेछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।