मङ्लबार, बैशाख ४, २०८१

बिहीबार प्राधिकरणका सम्पूर्ण शुल्क सङ्कलन काउन्टर बन्द हुने

काठमाडौ बैशाख १८, बिहीबार नेपाल विद्युत् प्राधिकरणको सम्पूर्ण शुल्क सङ्कलन काउन्टर बन्द हुने भएको छ । प्राधिकरणमा आधिकारिक टे«ड युनियनको निर्वाचन प्रयोजनका लागि शुल्क सङ्कलन काउन्टर बन्द हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै शुल्क सङ्कलन काउन्टर बन्द भएपनि अनलाइन सेवा भने सुचारु हुने र यसैबाट विद्युत् महसुल भुक्तानी गर्न सकिने जनाउँदै प्राधिकरणले काउन्टर बन्द हुँदै गर्दा ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।