शुक्रबार, बैशाख ७, २०८१

बिपत्तिका समयमा हुन सक्ने क्षति पहिचानमा समुदायको क्षमता विकास गरिनुपर्नेमा जोड

काठमाडौंं जेठ ७ , काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले, बिपत्तिका समयमा सम्भावित क्षति कम गराउन आवश्यक पूर्वाधारको विकास गरिनुपर्नेमा जोड दिनु भएको छ । मंगलबार काठमाडौं महानगरपालिका, ब्रिटिस रेडक्रस र नेपाल रेडक्रस काठमाडौं शाखाको आयोजनामा सम्पन्न उत्थानशील नगर प्रवर्धन र सहभागिता कार्यक्रमको समीक्षा र अनुभव आदानप्रदान तथा आगामी कार्ययोजना बिषयक अन्तरक्रियामा बोल्दै प्रमुख शाक्यले प्रस्तुत अभिव्यक्ति दिनु भएको हो ।

त्यस्तै उहाँल न्युन जोखिम र अति जोखिमको नक्साङ्कन तथा बिपत्तिका समयमा हुन सक्ने क्षति पहिचान गर्ने काममा समुदायको क्षमता बिकास गर्न काठमाडौं महानगर र बुढानिलकण्ठ नगरमा यो परियोजना सञ्चालन भइरहेको बताउँनु भएको छ ।

कार्यक्रममा महानगरको बिपद् व्यवस्थापन समितिका संयोजक एवं वडा २५ का अध्यक्ष नीलकाजी शाक्यले — विपत्तिको प्रभावकारी सामना तथा जोखिम व्यवस्थापन सीप बढाउन बिद्यालय शिक्षाको पाठ््यक्रममा राखेर नै बालबालिकालाई बिपत्ति अध्ययन गराउने तयारी रहेको बताउनुभयो । भित्री सहरको केलटोलदेखि माखँ गल्लीसम्म दमकल जान नसक्ने ठाउँमा हामी सम्भावित आगलागी नियन्त्रण गर्ने पाइपलाइन बिछ््याउँने तयारी भइरहेको बताउँनु भएको छ ।

त्यस्तै रेडक्रस बिपद् व्यवस्थापन बिभागका इञ्जिनियर भरतराज भाटले महानगरको वेभ साइटमा भएका वडागत नक्सामा जोखिमका सम्भावना पनि देखाउने तयारीमा लागेको बताउनुभयो । सबै वडामा एकै प्रकारका जोखिमका खतरा छैनन् । वडाको अवस्था अनुसार जोखिम फरक छ । यो जोखिमलाई भौगोलिक सूचना प्रणालीमा आधारित सूचना राखिने तयारीमा काम भइरहेको जानकारी दिनुभएको उक्त कार्यक्रममा रेडक्रस काठमाडौं शाखाका मन्त्री श्याम डोटेलले   एकीकृत कार्यक्रम गरेर श्रोत र समयको दुरुपयोग हुनबाट आफैं बच्ने दिशामा काम गरिने बताउनुभयो भने कार्यक्रम संयोजक शारदा खतिवडाले  परियोजनाले काठमाडौंका २ वटा भूमिहीन समूह, एउटा एकल महिलाको समूह र एउटा जनजातिको समूहलाई संकटासन्न समूह मानेर काम गरिरहेको जानकारी दिनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930