शनिबार, बैशाख ८, २०८१

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ बैशाख १९,   नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागुहुने गरि बढेको मूल्य लागू हुने जनाएको छ ।

ब्ढ्दो मूल्य अनुसार पेट्रोल प्रति लिटर १११ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य रु ९८ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु १सय १० रुपैया र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु ९७ रहेको थियो ।

त्यस्तै निगमले हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।