मङ्लबार, बैशाख ११, २०८१

फार्मेसी सञ्चालनमा सरकारी अस्पताल मौन ,बिरामी निजी अस्पतालबाट चर्को मूल्य तिरेर औषधि किन्न बाध्य

काठमाडौं जेठ १०, अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ मा अस्पतालले अनिवार्य रूपमा फार्मेसी सञ्चालनमा ल्याउनु्पर्ने व्यवस्था भए पनि अस्पतालले सो व्यवस्था उल्लंघन गर्दै आएका छन् । सरकारी अस्पतालले फार्मेसी सेवा सञ्चालनमा नल्याउँदा बिरामी निजी अस्पतालबाट चर्को मूल्य तिरेर औषधि किन्न बाध्य छन् ।

सरकारी अस्पतालका फार्मेसीमा समयमै औषधि नपाउने समस्या देखिएको छ । वीर अस्पताल, टिचिङ, गंगालाल हृदयरोग केन्द्र र निजामती अस्पतालका फार्मेसीमा सबै प्रकारका औषधि उपलब्ध छैन । हाल देशभरमा ३ हजार ८ सय ५ वटा स्वास्थ्य चौकी, १ सय ५८ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १६ केन्द्रीय अस्पताल र ८४ जिल्ला अस्पताल छन् ।

स्वास्थ्य सेवामा सवैको पहुँच सुनिश्चित गर्न र दक्ष जनशक्तिमार्फत अस्पतालबाटै आफ्नै फार्मेसी सञ्चालन गरी सेवा पु¥याउन सरकारले अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ जारी गरेको छ । फार्मेसी सेवा सञ्चालन गरेका अस्पतालमा निर्देशिकाबमोजिम सुलभ रूपमा सबै प्रकारका औषधि र दक्ष जनशक्ति नभएको पाइएको छ ।

तोकिएको औषधि पाउनै मुस्किल:  चिकित्सकले तोकेको औषधि सरकारी फार्मेसीमा नपाउँदा बिरामी मर्कामा पर्ने गरेका छन् । तर, सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ मा भएको औषधि खरिद प्रक्रियासम्बन्धी व्यवस्थाका कारण सबै ब्रान्डका औषधि खरिद गर्न समस्या हुने अस्पताल प्रशासनको भनाइ छ ।

यस्तै, देशभरका सरकारी र निजी फार्मेसीमा फर्मासिस्ट र फार्मेसी सहायकसमेतको अभाव छ । औषधि ऐन २०३५ मा बिक्री तथा वितरण फार्मासिस्ट वा सहायक फार्मासिस्टबाट मात्र गरिनुपर्ने व्यवस्था छ । नेपाल फार्मेसी परिषद्का अनुसार हाल ७ हजार ६ सय ६७ जना फार्मेसी सहायक र ३ हजार ८ सय ७९ जना फर्मासिस्ट छन् । नेपाल फार्मेसी परिषद्मा ११ हजार ६ सय ४६ जना फर्मासिस्ट र फार्मेसी सहायकको नाम दर्ता भएको परिषद्को तथ्यांकमा उल्लेख छ ।

परिषद्का अध्यक्ष केशवध्वज जोशीले ४० हजार बढी फर्मासिस्ट र फार्मेसी सहायक आवश्यक रहेको बताए । उनले भने, ‘जहाँ औषधि त्यहाँ फार्मेसी भन्ने छ । अझै २९ हजार बढी फर्मासिस्ट र फार्मेसी सहायक आवश्यक छ । हामीले मौखिक रूपमा सरकारलाई जानकारी गराइसकेका पनि छौं । फर्मासिस्ट कति, फार्मेसी सहायक कति भनेर सर्भे गर्नेयोजनामा रहेका बताए ।

अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ मा एक सय शैयाभन्दा माथिका अस्पतालमा तीनजना फर्मासिस्ट, ६ जना फार्मेसी सहायक र दुईजना सहयोगी राख्नुपर्ने व्यवस्था छ । २६ शैया यादेखि ५० शैयासम्मका अस्पतालमा एकजना फर्मासिस्ट, दुईजना फार्मेसी सहायक र एकजना सहयोगी हुनुपर्ने उल्लेख छ । यस्तै, निर्देशिकामा १५ देखि २५ शैयासम्मका अस्पतालमा दुईजना फार्मेसी सहायक र एकजना सहयोगी हुनुपर्ने व्यवस्था छ । राजधानीबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।