बिहिबार, बैशाख १३, २०८१

प्रभाकरशम्शेर निधन

काठमाडौ जेठ १७ , सोल्टी होटलका संस्थापक प्रभाकरशम्शेर जबराको ८४ वर्षको उमेरमा हृदयघातका कारण आज निधन भएको छ । राणाको अमेरिकाको न्यूयोर्कमा उपचारका क्रममा बिहीबार निधन भएको उहाँको पारिवारिक स्रोतलाई उद्धृत गर्दै सङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यस्तै विज्ञप्तिमा टाटा मोर्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापक समेत रहेका स्व राणाको निधनबाट पर्यटन तथा होटल उद्योग मात्र नभई मुलुकलाई नै अपूरणीय क्षति पुगेको जनाउँदै होटल सङ्घले स्व राणाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।