बिहिबार, बैशाख १३, २०८१

प्रम ओली भियतनाम र कम्बोडिया भ्रमणमा

काठमाडौ बैशाख २६,  प्रधानमन्त्री केर्पी ओली समाजवादी गणतन्त्र भियतनाम र कम्बोडियाका समकक्षी ग’एन स’आन फ’क र सम्देह अक्का मोह सेना पडेइ टेको ह’न सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज भ्रमणका लागि आज प्रस्थान गरेका छन् . प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले वैशाख २६ देखि ३० सम्म भियतनाम र वैशाख ३० देखि जेठ १ सम्म कम्बोडियाको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा धर्मपत्नी राधिका शाक्य परराष्टमन्धी प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, केही सांसदहरु, केही स्थानीय तहका प्रतिनिधिहरु, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहितको सहभागी रहेको परराष्ट मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुको अलावा नेशनल एसेम्बेलीका अध्यक्षसँग भेटवार्तासंगै दुइ देशवीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रवद्र्धन गर्न केही सम्झौता र समझदारीपत्रमा समेत हस्ताक्षर गर्र्ने कार्यक्रम रहेको मन्त्रालयले जनाइएको छ ।

त्यस्तै कम्बोडियाको भ्रमणका क्रममा प्रम ओलीले समकक्षी हुन सेनसँगको औपचारिक वार्तापछि त्यहाँको नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँगको भेटवार्ता र प्रमको सम्मानमा आयोजना गरिने रात्रिभोज लगायतको कार्यक्रममा सहभागी हुनु कार्यक्रम रहेको बताएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री र उहाँको प्रतिनिधिमण्डल आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।