बिहिबार, चैत्र १५, २०८०

प्रधानमन्त्री ओलीलाइ काँग्रेस प्रवक्ता शर्माको प्रश्न- तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?

काठमाडौँ बैशाख २०,  प्रधानमन्त्री केपी ओलीले आफ्नो निर्वाचन क्षेत्रलाई मात्र बढि विकासका योजना पार्न राष्ट्रिय योजना आयोगलाई बुझाएको योजनाको सूची सार्वजनिक भएसंगै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले देशको सर्वाङ्गिण विकास निर्माणमा ध्यान दिनुपर्नेमा पक्षपातिरुपमा काम गरेको भन्दै त्यसको विरोध गरेको छ।

प्रवक्ता शर्माले आफ्नो ट्वीटरमार्फत प्रधानमन्त्रीको कार्यशैलीको विरोध  गर्दै प्रश्न सोधेका छन्– ‘तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको लेटरप्याडमा मन्त्रिपरिषद् कार्यालयका सहसचिव बिनोदबहादुर कुँवरले हस्ताक्षरमा प्रधानमन्त्रीको निजी सचिवालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई सम्बोधन गरेको पत्रमा प्रधानमन्त्रीको क्षेत्रमा आर्थिक वर्ष २०७६÷०७७ मा समावेश गर्नुपर्ने योजनाका सूची पठाउँदै प्रधानमन्त्रीको क्षेत्रमा भ्यु टावर निर्माण, ढल निर्माण, सडक कालोपत्रे, खेलमैदान निर्माणजस्ता योजना प्राथमिकतामा राख्न निर्देशन दिएको छन्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।