शनिबार, बैशाख ८, २०८१

प्रधानमन्त्रीको गैरसंसदीय भाषाप्रति काँग्रेस संसदीय दलको विरोध

काठमाडौ वैशाख २४,  प्रतिनिधीसभाको आज बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको समयमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी ओलीले गैरसंसदीय भाषा बोलेको आरोप लगाउँदै विरोध जनाएको छ ।

त्यसलगत्तै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सभामुखले संसदको गरिमाको रक्षाका लागि निर्णायक भूमिका निर्वाह गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउँदै सभामुखनै सरकारको लाचार छाँया बनेपछि संसदको औचित्य नरहने जनाउँ दिदै संसदको गरिमामा आँच आउनेखालका अभिलेख संसदको रेकर्डबाट यथाशीघ्र हटाउन र गरिमामय ढंगले संसद सन्चालन गर्न आग्रह गरेको हो ।

संसदको बैठकमा प्रधानमन्त्री केपी ओलीले विपक्षीहरुले उठाएका प्रश्न र जिज्ञासालाई ‘आक्रोश, कुन्ठा र निम्छरो’ हो भन्ने जस्ता अभिव्यक्ति दिएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।