बिहिबार, बैशाख १३, २०८१

प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच प्रादेशिक तहको समझदारीपत्रमा हस्ताक्षर

नेपालको प्रदेश ३ र चीनको गान्सु प्रदेशबीच भगिनी सम्बन्ध स्थापना

काठमाडौं बैशाख ३० , चीनको गान्सु प्रदेश र नेपालको ३ नं. प्रदेशबीच सोमबार राजधानीमा भगिनी सम्बन्ध स्थापना भएको छ । चीनको गान्सु प्रदेशको वाणिज्य बिभाग र त्यसै प्रदेशमा रहेको लान्जाउ नगरको संयुक्त आयोजनामा सोमबार काठमाडौंमा आयोजना गरिएको कोअपरेसन ट्रेड फेयरका अवसरमा प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेल र गान्सुका गमर्नर ताङ् रेनजिएनले भगिनी सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गर्नुभयो हो ।

त्यसै अवसरमा काठमाडौं महानगर र लान्जाउ नगरबीच वाणिज्य तथा व्यापार सम्बन्धी आशय पत्रमा हस्ताक्षर भयो । आशय पत्रमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र लान्जाउ नगरकी उपप्रमुख मा काइ युनले हस्ताक्षर गर्नुभएको थियो ।

सो अवसरमा कृषि मन्त्री तथा पशुपक्षी बिकास मन्त्री चक्रपाणि खनालले आपसी सम्बन्धबाट गरिएका कामहरुको बिगत अध्ययन गरेर मित्रतामा नयाँ आयाम थप्नुपर्ने बताउनुभयो । कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्तुत समझदारीसंगै दुवै मुलुकका जनताको आर्थिक विकास र समृद्धिका लागि लगानीका नयाँ सम्भावना र क्षेत्रको खोजी गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा मुख्यमन्त्री पौडेल, गभर्नर रेन्जियान र महानगर प्रमुख शाक्यले दुवै पक्षबीच विभिन्न छलफलपछि गरिएको समझदारीले कृषि, ऊर्जा, पर्यटन क्षेत्रमा नया आयाम सिर्जना हुने विस्वास व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।