बुधबार, बैशाख १२, २०८१

प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ को आयोजना हुने

काठमाडौं जेठ १, नेपाललाई पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा परिणत गर्ने मूल उद्देश्यसहित ने प्रथम राष्ट्रिय पाककला प्रतियोगिता २०७६ को आयोजना गर्ने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणाली परियोजना स्वीस कन्ट्याक्टले औपचारिक तालिम लिएका वा अनौपचारिक रुपमा आफै सीप सिकेका एवं साना तथा मझौला होटल तथा रेष्टुरेन्टमा काम गरिरहेका कुकहरूको प्रतिभा पहिचान र प्रष्फुटन गराउने मूल उद्देश्य राखेर नेपालमा पहिलो पटक राष्ट्रिय पाककला प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसनले प्रस्तुत प्रतियोगिताको इभेन्ट पार्टनरका रूपमा व्यवस्थापकीय एवं संयोजनकारी कार्य गरिरहेको छ ।

त्यसतै प्रतियोगितामा सहभागि हुन सातै प्रदेशहरूमा तोकिएको केन्द्रहरूबाट आवेदन फारम बुझाउने व्यवस्था गरिएको छ, यसमा १८ वर्षभन्दा माथिका पाककलासम्बन्धी ज्ञान र सीप भएका सबै नेपाली नागरिकले सहभागिता जनाउन पाउने छन् आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा महिला, दलित, जनजाति एवं पिछडिएका वर्गहरूलाई विशेष आह्वान गर्दै आयोजक संस्थाले प्रतियोगितामा प्रत्येक प्रदेशबाट कम्तिमा २–२ जना सहभागीहरू प्रथम छनोटमा पर्नेछन् भने उनीहरूबीचको अन्तिम प्रतियोगिता असार ६ गते पोखरामा हुने जनाउँदै प्रतियोगिताको विजेतालाई ‘सेफ अफ द इयर’ घोषणा गर्दै अन्तिम प्रतिस्पर्धामा उत्कृष्टहरूमध्ये, प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीलाई आकर्षक नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।

त्यसतै प्रतियोगितामा सहभागिताका लागि गेट कलेज र उसको प्रदेश नं १ को इटहरी, गण्डकी प्रदेशको पोखरा र प्रदेश नं ५ को नेपालगन्जमा रहेका गेट कलेजका भगिनी तथा साझेदार संस्थाहरू एवं अन्य प्रदेशमा सीटीईभीटीको प्रादेशिक कार्यालयहरूमा फर्म बुझाउन सकिने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।