बिहिबार, बैशाख १३, २०८१

पश्चिमी वायुको प्रभावका कारण हावाहुरी, उपत्यकाको जनजीवन प्रभावित

 शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले  सतर्क रहन आग्रह

काठमाडौ बैशाख १८, काठमाडौँ उपत्यकामा आज साँझ आएको आएको भिषण हावाहुरीले वारा पर्साको घटनालाइ स्मरण गराएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको कारणले मौसम सक्रिए भएसंगै यस किसिमको हावाहुरी चल्ने र मेघगर्जनसहित पानी गर्ने संभावना प्रवल रहेका कारण अत्तालिहाल्नु पर्ने अवस्था नभएको र यो प्रि मनसुको नियमति प्रक्रिया भएको जनाएको छ यद्यपी हावाहुरीका कारण उपत्यकाको जनजीवन प्रभावित भएको थियो ।

यसैवीच मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेकोे जनाएको छ ।

महाशाखाले आज विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात, फानी, विस्तारै उत्तर–पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलो प्रभाव नपरे पनि हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्यका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले मौसमविद्ले सचेत रहन आग्रह गरेको छ । उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि नेपालको पूर्वी र मध्य हिमाली भू–भागमा भारी हिमपात तथा प्रि–मनशुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै महाशाखाले आज सार्वजनिक गरेको ३ दिने मौसम सम्बन्धी पूर्वानमान यस्तो रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।