शुक्रबार, बैशाख १४, २०८१

नेमकिपा विरुद्ध कटाक्ष गर्दै पूर्वमन्त्री बस्नेतले भने- संस्थागत र संगठित भ्रष्टाचार गर्न आफुले जानेको छैन

भक्तपुर जेठ १२ /राम चन्द्र प्रजापति , स्वदेशी सामान प्रयोग गरी देश विकासमा टेवा पुर्‍याऔं। भन्ने उदेश्यले भक्तपुर निर्माण सामग्री व्यापार संघको १४ औं स्थापनाको अवसरमा आयोजित भक्तपुरको सल्लाघारी स्थिति बनभोज कार्यक्रम महेश वस्नेतको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भएको छ ।  कार्यक्रमको उदघाटनसत्रमा वोल्दै पूर्वमन्त्री वस्नेतले व्यापारी भनेको राष्ट्र निर्माणका गहना हो। सरकार र निजि क्षेत्रको सहकार्यले समृद्धि नेपाल बन्ने बताउँनु भएको छ ।  त्यस्तै उहाँले आफुविरुद्ध निराधार आरोप लगाउँने नेमकिपा विरुद्ध लक्षित हुँदै नेमकिपाले जस्तो आफुले संस्थागत र संगठित रुपमा भ्रष्टाचार गर्न नजानेको भन्दै नेमकिपा विरुद्ध कटाक्ष गरे ।

साथै उहाँले वर्तमान सरकारले केही गरेन भनी अनावश्यक हल्ला फैलाउनेहरुलाई भक्तपुरको विकास आएर हेरी अनि विकासको बारेमा विश्लेषण गर्न समेत आग्रह गर्दै स्थानीयवासीको सहयोग नै भक्तपुर विकास सम्भव भएको भन्दै सांसद बस्नेतले भक्तपुरमा स्मार्ट सिटी, प्राणी उद्यान, अन्तर्राष्ट्रिय रंगशाला, आधुनिक सभागृह, आधुनिक वीर अस्पताल लगायतका राष्ट्रिय गौरवका आयोजनाहरु तिव्र रुपमा काम अघि बढिरहेको बताउनुभएको छ ।

व्यवासायीहरुलाई कालो टोपी खाडा र सम्मान पत्रले सम्मान गर्नु भएको प्रस्तुत कार्यक्रममा नेपाल निर्माण सामग्री व्यापार महासंघका अध्यक्ष युवक राजभण्डारी , भक्तपुर निर्माण सामग्री व्यापार संघका सस्थापक अध्यक्ष शिव मानन्धर ,भक्तपुर उद्योग वाणिज्यका संघ पूर्व अध्यक्ष के पि अवाल भक्तपुर उद्योग वाणिज्यका संघका अध्यक्ष राम प्रसाद प्रजापति लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।