बिहिबार, बैशाख १३, २०८१

नेकपाका पोलिटब्युरो सदस्य र जनवर्गीय सङ्गठन जिम्मेवारीको बाँडफाँड कसले के नेतृत्व पाए ?

काठमाडौ जेठ ३ , सत्तारुढ दल नेकपाको प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्य र जनवर्गीय सङ्गठनको एकता घोषणालाइ टुङ्गो लगाएको छ।  गत वर्ष जेठ ३ गते तत्काललीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको हो ।
जसअनुसार विद्यार्थी संगठनको जिम्मेवारी   ऐन महरलाइ दिएको छ भने सहसंयोजकको जिम्मेवारी रञ्जित तामाङलाइ दिएको छ । त्यस्तै युवा संगठनको अध्यक्षमा रामप्रसाद सापकोटालाइ संयोजक तोकिएका छन्यु भने यसअघि संघका अध्यक्ष रहेका रमेश पौडेललाइ
सहसंयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै, महिला भातृ संगठनको संयोजक अमृता थापा सहसंयोजक सीता पौडेल  ,मजदूर संगठनको संयोजकमा विनोद श्रेष्ठ सहसंयोजकमा जगत सिम्खडा चुनिएका छन्। त्यस्तै, पत्रकारतर्फको भातृ संगठनको नेतृत्व प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल संयोजक तोकिएका   छ भने  सहसंयोजकमा गणेश बस्नेत तोकिएको छ ।

बुद्धिजिवी संगठनमा दिनेशचन्द्र देवकोटा संयोजक चुनिएका छन् भने सहसंयोजकमा कृष्ण केसी पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक ईश्वरी भण्डारी सहसंयोजक , जनसाँस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक तो सहसंयोजकमा सरल सहयात्री, मुस्लिम संगठनको संयोजक सिराज महम्मद फारुकी लाइ अत्तहर हुसेन फारुकी सहसंयोजक , दलित संगठनको संयोजकमा तिलक परियार सहसंयोजकमा ओमबहादुर विश्वकर्मा , निर्माण व्यवसायी संगठनमा यज्ञध्वज कार्की संयोजक र सहसंयोजकमा शिवप्रसाद चौंलागाई, आदिवासी जनजाति महासंघमा सुरेश आलेमगर संयोजक सहसंयोजकमा शेरबहादुर तमाङ , अपांग संगठनको संयोजक ईन्द्रमाया गुरुङ, सहसंयोजकमा रामप्रसाद ढुंगाना, खेलकूदतर्फको भातृ संगठनमा पुरुषोत्तम पौडेल संयोजक सहसंयोजकमा शिव कोइराला, उद्योग व्यवसायी महासंघमा लक्ष्मीदास मानन्धर संयोजक र सहसंयोजकमा श्याम पाठक प्रवासी नेपाली मञ्च भारतको संयोजकमा लोकनाथ भण्डारी संयोजक र सहसंयोजकमा ईश्वरी भण्डारीलाइ जिम्मेवारी दिएको छ ।  त्यस्तैगरि सुकुम्वासीतर्फको भातृ संगठनमा रामप्रित पासवान संयोजक, सहसंयोजकमा पदम देवकोटालाइ जिम्मेवारी दिएको छ ।

यसैवीच पार्टी एकता भएको अवसरमा नेकपालेआज बिहान ८ बजे तत्कालीन नेकपा एमालेको पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।