शुक्रबार, चैत्र १६, २०८०

नीति तथा कार्यक्रममाथिको छलफल :काँग्रेस सहित विभिन्न दलको तर्फबाट संशोधन प्रस्तुत

सरकारको कार्यक्रम कार्यक्रमको लागि कार्यक्रम भएको काँग्रेस सभापतिको जिकिर

काठमाडौ बैशाख २२ , प्रतिनिधिसभाको आजको बैठकमा शुक्रवार आर्थिक वर्ष २०७६/७७ का लागि सरकारको तर्फबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ ।

छलफलमा भाग लिँदै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कार्यक्रम कार्यक्रमको लागि कार्यक्रम भएको जिकिर सहित जनतालाइ भ्रमित गर्ने कार्यक्रमको कुनै औचित्य नभएको बताउँनु भएको छ ।
साथै उहाँले स्वदेशमा पर्याप्त रोजगारीका अवसर नहुँदा धेरैभन्दा धेरै युवा विदेशिनु परेको यथार्थलाई नीति तथा कार्यक्रममा समावेश गर्न नसक्नु सरकारको कमजोरी भएको बताउँनु भएको छ ।

यसैवीच सरकारको नीति तथा कार्यक्रम उपर नेपाली काङ्ग्रेसका २३ जना सांसदका तर्फबाट सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रममा नेपालको संविधानको भावना विपरीत लेखिएको ‘मेरो सरकार’ लाई ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै गरि राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, चन्द्रकान्त चौधरीले त्यस्तैगरि नेमकिपाका सासंद प्रेम सुवाल लगायतले पनि नीति तथा कार्यक्रमको विभिन्न दफामा मा सशंोधन हुनुपर्ने माग सहित संशोधन पेश गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।