शुक्रबार, बैशाख ७, २०८१

नालामा सनराइजको शाखारहित बैंकिङ्ग सेवा शुरू

काठमाडौं बैशाख २० , सनराइज बैकले आफ्ना सेवाग्राहीको मागलाइ दृष्टिगत गर्दै बैंकिङ्ग सेवा नपुगेका मुलुकका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु-याउँदै जाने क्रममा २९ औँ शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा शुरू गरेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठको प्रमुख आतिथ्यतामा शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरिएको हो । त्यस अवसरमा बनेपा नगरपालिकाका प्रमुख श्याम सुन्दर श्रेष्ठ, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्यका साथै बैंकका अन्य उच्चपदस्थ आधिकारीहरुको उपस्थिती रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै कार्यक्रमममा थियो । शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भतmपुर शाखाका प्रवन्धक भिम नारायण श्रेष्ठले हस्तान्तरण गर्नुभयो । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930