बुधबार, बैशाख १२, २०८१

नवजीवन परोपकार समाजलाई सनराइजको सहयोग

काठमाडौ बैशाख २५ , सनराइज सनराइज बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्त सडक तथा असहाय व्यक्तिहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैर सरकारी संस्था नवजीवन परोपकार समाजलाई रु २५०,०००।– नगद सहयोग प्रदान गरेको छ ।

सडकपेटीमा अलपत्र परेका बृद्धबृद्धा, बालबालिका तथा विभिन्न अस्पतालहरुमा रहेका बेवारिसे अवस्थाका बिरामीहरुका लागि मनमैजु खुलाटार, तारकेश्वर नगरपालिका वडा नं। ७ काठमाडौंमा नवजीवन आदर्श आश्रम निर्माण गर्न यस बैंकले नवजीवन परोपकार समाजलाई सहयोग रकम हस्तान्तरण गरेकोे हो ।

बैंकको मुख्यालयमा सम्पन्न एक कार्यक्रमकावीच सहयोग रकम समाजका अध्यक्ष दुर्गानाथ दाहाललाइ हस्तान्तरण गरिएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा त्यस अवसरमा बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी लगायत बैंकका उच्च पदाधिकाी को उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।