बिहिबार, बैशाख १३, २०८१

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच विधिवत पार्टी एकताको घोषणा

  • पार्टीको संघीय परिषदको नेतृत्व डा भट्टराईले र केन्द्रीय समितिको नेतृत्व यादवले गर्ने

  • संविधान संशोधन नभए आफ्नो दलले सरकार छोड्न समेत पछि  नपर्ने  डा. बाबुराम भट्टराईको  चेतावनी  

  • पार्टी एकीकरण घोषणासंगै समाजवादी आन्दोलनको नयाँ युगको प्रारम्भ भएको   नेता यादवको  अभिव्यक्ति 

काठमाडौं बैशाख २३ ,  डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति, पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच आज पार्टी एकताको घोषणा भएको छ । यसअघिनै भएको सहमति मुताविक दलका नेताबीच पार्टी एकाकार सहित अस्त्वित्वमा आउँने नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने र पार्टीको संघीय परिषदको नेतृत्व डा भट्टराईले र केन्द्रीय समितिको नेतृत्व यादवले गर्ने सहमति भएअनुरुप आज सार्वजनिकरुपमा घोषणा सभामार्फत एकाकारको घोषणा गरिएको हो ।  त्यस्तै पार्टीको नयाँ संरचनाबमोजिम समाजवादी पार्टीका अध्यक्षसहित २६ जनाको पदाधिकारी रहने बताईएको छ ।

त्यस्तै घोषणा सभालाइ सम्बोधन गर्दै नवगठीत समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले संविधान संशोधन नभए आफ्नो दलले सरकार छोड्न समेत पछि  नपर्ने   बताउँदै पार्टीको मागलाइ सम्बोधन गर्न सत्तारुढदल नेकपालाइ चेतावनी समेत दिएको छ ।

स्मरण रहोस पार्टी एकता घोषणासंगै अस्तित्वमा आएको समाजवादी पार्टीको तर्फबाट वर्तमान नेकपा नेतृत्वको सरकारमा एक उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री रहेको रहेको छ ।

साथै उहाँले आफूहरूले च्याँखे थाप्नका लागि पार्टी एकता नगरेको बताउँदै यसको मुल अभिष्ट भनेको संविधान संशोधन भएको र संशोधनको माग सम्बोधन भएन भने सरकार छोडेर आन्दोलनको आँधीबेहरी ल्याउन पछि नपर्ने बताए।

त्यस्तैगरि त्यस्तै घोषणासभामा अर्का नेता वर्तमन केपी ओली नेतृत्वको सरकारमा उप प्रम समेत रहेका नेता उपेन्द्र यादवले पार्टी एकीकरण घोषणासंगै समाजवादी आन्दोलनको नयाँ युगको प्रारम्भ भएको र यसले सबैखाले उत्पीडनमा परेका जाति र समुदायको हकहितका लागि हिमाल, पहाडदेखि तराईसम्म एकीकृत ढङ्गले अघि बढ्ने बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।