शुक्रबार, चैत्र १६, २०८०

धर्मनिरपेक्षता विरुद्ध आन्दोलनको विगुल फुक्ने वेला आइसक्यो :महासचिव भण्डारी

  • जेठ ६ गते इटहरीमा दिव्य धर्म सभा हुने

  • क्रिश्चियानिटीलाई प्रोत्साहन गर्ने काम हुनु मुलुकको लागि किमार्थ राम्रो राम्रो लक्षण् होइन :  युवा सन्त श्रीनिवासाचार्य

  • धर्म सभामममा तमाम हिन्दू अनुयायीहरुलाइ एकाकार हुन धर्म शिरोमणि स्वामी राम बाबाको आव्हान

काठमाडौ बैशाख २३,  सनातन युवा मञ्च नेपालको आयोजनामा आगामी जेठ ६ गते इटहरीमा दिव्य धर्म सभा हुने भएको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा युवा सन्त श्रीनिवासाचार्यले वर्तमान राजनीतिक माहोल गलत दिशातर्फ गैरहेको चिन्ता व्यक्त गर्दै अखण्ड मुलुकलाई खण्ड–खण्ड गर्ने र हिन्दू धर्म र संस्कृतिलाई मास्दै क्रिश्चियानिटीलाई प्रोत्साहन गर्ने काम हुनु मुलुकको लागि राम्रो लक्षण् नभएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले संघीयताको नाममा राष्ट्रलाई विखण्डन गर्ने, शिक्षाको नाममा नेपालको मौलिक भाषा र संस्कृतिलाई नष्ट पार्ने, राजनीतिको नाममा देश र जनतालाई पंगु बनाउनेजस्ता योजनाबद्ध षड्यन्त्रबाट चिन्ता व्यक्त गर्दै मुलुकमा हुँदै गरेको यावत अराजकता क्रियाकलाप  अन्त्यको समय आइसकेको बताउँनु भएको छ ।

त्यस्तै विश्व हिन्दू महासंघकी महासचिव अस्मिता भण्डारीले मुलुकमा विदेशीले लादेको धर्मनिरपेक्षताको आडमा धर्मानान्तर गराउँदै हिँड्ने अराजक समूह सलबलाएको बताउँदै यी र यस्ता अराजक समूह विरुद्ध अव संघर्ष र आन्दोलनको विकल्प नभएको बताइन ।  साथै उहाँले महासंघको एकमात्र अभिष्ट भनेको मुलुकलाइ हिन्दू अधिराज्य बनाउनु हो भन्दै पत्रकार सम्मेलनमा महासचिव भण्डारीले हिन्दूहरु जाग्ने बेला आएको छ।’ धर्मनिरपेक्षता विरुद्ध आन्दोलनको विगुल फुक्ने वेला आएको बताइन ।

सनातन धर्म शिरोमणि स्वामी राम बाबाले सम्पूर्ण ओमकार परिवार एकजुट भएर धर्मसभा सफल पार्नुपर्ने बताउँदै यसको लागि तमाम हिन्दू अनुयायीहरुलाइ एकाकार हुन आव्हान गर्नु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।