शुक्रबार, चैत्र १६, २०८०

दोस्रो  श्रीमती जेनीलाइ तेजाव प्रहार गर्ने भुजेललाइ आठ वर्षको कैद सजांय हुने

काठमाडौ जेठ ३ , बुधबार साँझ राजधानीको कालोपुलमा समान्य घरायसी विवादमानै श्रीमानले किन श्रीमतीमाथि तेजाव प्रहार गर्यो भन्ने घटनाको नयाँ मोड सार्वजनिक भएको छ ।

प्राप्त जानकारी अनुसार विष्णु भुजेलले जेनी खड्कालाइ पाँच वर्ष अघि बिहे गर्दा  आफू दोस्रो  पत्नी भएको जानकारी नदिएको पछि घरमा अर्काे श्रीमती पनि छ भन्ने थाहा पाएपछि जेनीले श्रीमान् छाडेर माइतीसँग बस्दै आएकी प्रहरीले जनाएको छ । तर यसवीचमा पनि भुजेले खड्कावीचको सम्बन्ध राम्रो बन्न नसकेको दिनहुँ जस्तोको कचकच र लफडाका कारण भुजेलको बुधवार साँझ आफ्नै श्रीमती माथि एसिड प्रहार गर्दै गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रहरीले मोटरसाइकलको ग्यारेजमा काम गर्ने भुजेललाइ महानगरीय प्रहरी वृत्त कमलपोखरीले नियन्त्रणमा लिएको जनाउँदै कचकच र तनावका कारण भुजेलले रिसको झोकमा श्रीमतीमाथि तेजाव प्रहार गरेको अनुसन्धानको क्रममा बुझिएको जनाउँदै मुलुकी अपराध संहितामा तेजाब आक्रमणका घटनामा आठ वर्षसम्म कैद हुने व्यवस्था रहेको जानकारी दिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।