बुधबार, बैशाख १२, २०८१

दुवान समस्या समाधानको लागि सासंद श्रेष्ठको चिन्तन

काठमाडौं बैशाख १८ , प्रत्येक वर्ष वर्षातको समयमा  महानगरपालिका वडा न .१५ स्थित अन्नपूर्ण चोकमा हुने गरेको दुवानको समस्या समाधानको लागि चिन्तन गरिएको छ । 

वर्षात र दुबानका कारण स्थानीय जनजीवन कष्टकर हुने गरेको  पक्षलाइ दृष्टिगत गर्दै संघीय संसद सदस्य जीवन राम श्रेष्ठको अगुवाइमा सो क्षेत्रमा अपनाउँन सकिने समाधानको उपाय र त्यसको कार्यान्वयनको लागि आज स्थलगत निरीक्षण समेत गरिएको छ ।

त्यसअवसरमा काठमाडौं महानगरका प्रवक्ता एवं १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोल, १५ वडाका वडा सदस्यहरु तथा जोदोल टोल सुधार समिति , एराहिति टोल सुधार समिति , नया बस्ती एराहिति टोल सुधार समिति र जोरल टोल सुधार समितिका पदाधिकारी तथा र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।