शुक्रबार, बैशाख १४, २०८१

डेढ लाख घुस लिने नापी सर्वेक्षक न्यौपाने र लेखापढी व्यवसायी केसी पक्राउ

काठमाडौ जेठ १०,  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जग्गाको हालसाविकका लागि मोटो रकम लाग्ने भन्दै सेवाग्राहीसँग घुस लिने नापी कार्यालय साँखु, काठमाडौँका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाइ घुस रकम सहित फक्राउ गरेको  छ ।

आयोगका अनुुुसार जग्गाको हालसाविक गर्दा तोकिएको न्यूनतम शुल्क बाहेक अरू कुनै रकम तिर्नु नपर्नेमा  नापी कार्यालयका सर्वेक्षकद्दयलाइ सेवाग्राहीसँग रु एक लाख ५० हजार घुस रकम सहित नापी कार्यालय साँखु परिसरबाट पक्राउ गरेको जनाउँदै आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले आरोपीमाथि अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।