शुक्रबार, बैशाख ७, २०८१

जेठ २६ मा रातो मच्छेन्द्रनाथको भोटो देखाइने

(फाइल फोटो)

ललितपुर जेठ ९,  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आगामी जेठ २६ गते देखाइने भएको छ । जेठ २३ गते बिहीबार लगनखेलबाट रथ तानी जाउलाखेल पु-याइने र त्यसको चार दिनपछि अर्थात २६ गतेको शुभसाइतमा भोटो देखाउने निर्णय भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । जात्रा हेर्न आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी जाउलाखेल जानुहुनेछ । त्यस अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।

मच्छिन्द्रनाथको भोटोको सवालमा प्राप्त किंवदन्तीअनुसार परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरुप नागराजले दिएका हुन् ।

आफ्नो खेतमा काम गर्दा उक्त भोटो हराएपछि कृषकले खोजी गरेको र कतै नपाएपछि जावलाखेलमा आयोजित एक जात्रामा एकजना राक्षसले लगाएको देखेको प्राचीन मान्यता छ । कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबीच धेरै विवाद भएकाले दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने शर्तमा नासोका रुपमा देवताले उक्त भोटो राखेकाले हरेक वर्ष भोटो देखाउने गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2019
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930