बिहिबार, बैशाख १३, २०८१

जनकपुरमा भव्यतापूर्वक जानकी महोत्सव मनाइदै

काठमाडौं वैशाख ३०, माता सीताको जन्मदिनको अवसर पारेर जनकपुरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यतामा जानकी महोत्सवको कार्यक्रम आयोजना गरिएको छ ।

रामायणकालमा मिथिलाको भूमिमा राजा जनकले हलो चलाउँदा पादुर्भाव भएर जन्म भएको सीताको धार्मिक मान्यताअनुसार प्रत्येक वर्ष यहाँ जानकी नवमी मनाउने गरिन्छ । परापूर्वकालदेखि नै सीताको जन्मदेखि न्वारनसम्मको सांस्कृतिक र परम्परालाई मध्यनजर गर्दै मनाउन थालिएको जानकी महोत्सव पहिले औपचारिकतामा सीमित भए पनि विगत दुई वर्षदेखि नयाँ प्रारुपमा मनाउँन शुरु गरिएको हो ।

यसैवीच प्राप्त समाचारमा उल्लेख भएअनुसार राष्ट्रपति भण्डारी जनकपुरस्थित एयरपोर्टबाट सिधैँ जानकी मन्दिरमा गएर पूजा तथा दर्शन गरेकी छन् ।  प्रदेश सरकारले जानकी नवमीको अवसरमा शुभकामना दिँदै आज सार्वजनिक बिदा समेत दिएका छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।