शनिबार, बैशाख ८, २०८१

गैर संसदीय शब्द संसद् सचिवालयको अभिलेखबाट हटाउन सभामुखको निर्देशन

काठमाडौ बैशाख २७,  सभामुख कृष्णबहादुर महराल बैशाख २४ गते बसेको ससंदको बैठकमा प्रम ओलीले सरकारको तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षदल काँग्रेसद्दारा उठाईएका प्रश्नको जवाफ दिने क्रममा प्रयोग गरिएका गैर संसदीय शब्द  सङ्घीय संसद् सचिवालयको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै सभामुखले सो दिन प्रयोग भएका शब्दका बारेमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै सचिवालयलाई उक्त निर्देशन दिनुभएको हो ।

त्यसलगत्तै बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार सम्हाल्ने सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । सो पत्रअनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोक्नुभएको उहाँले जानकारी दिनुभएको हो । त्यस्तै आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले “आर्थिक वर्ष २०७६/७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।