बिहिबार, चैत्र १५, २०८०

गृहले भन्यो- हिंसात्मक गतिविधी विरुद्ध शान्ति सुरक्षाको यथोचित प्रबन्ध गरिएको छ

काठमाडौ जेठ १३,  नेकपा विप्लव भनिने समुहद्दारा मलुकको विभिन्न स्थानमा नागरिकको सुख, शान्ति सुरक्षा र अमनचयनमा खलल पार्दै वाधाव्यवधान पुर्याउँदै अपराधिक हिंसात्मक गतिविधी गरिएको जिकिर सहित ती र त्यस्ता क्रियाकलापलाइ निस्तेज बनाउँन गृह मन्त्रालयले मुलुकभर शान्ति सुरक्षाको यथोचित प्रबन्ध बनाउँदै आएकोले कुनै पनि भ्रममा नपरी नियमित क्रियाकलापमा सक्रिय रहन सबै नेपालीलाई अनुरोध गरेको छ ।

आज साँझ गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गर्नु भएको प्रेस विज्ञप्तिमा निर्दाेष नागरिकको जीउधनमाथि साङ्घातिक हमला गर्ने, सर्वसाधारण आतङ्कित हुने गरेर विस्फोट गराउने र सरकारी सम्पत्तिमा क्षति पु¥याउनेलगायतका घटना अमानवीय भएको बताउँदै मन्त्रालयले त्यसको भत्र्सना गर्दछ भन्दै गैरकानूनी एवं शान्तिविरोधी गतिविधिलाई सहयोग नगर्न र नगराउन सबैलाई अनुरोध गर्नुभएको छ ।

त्यस्तै विज्ञप्तिमा अहिलेसम्म विस्फोटको योजनामा संलग्न १५ जनालाई नियन्त्रणमा लिइएको र नेपाल बन्दका नाममा केही शङ्कास्पद घटनाबाहेक बन्दको प्रभाव न्यून रहेको विज्ञप्तिमा उल्लेख गर्दै आइतबार विभिन्न स्थानमा भएका बम विस्फोटका घटनामा चार जनाको मृत्यु र सात जना घाइते भएका मध्ये सवैजना सोही समूहका कार्यकर्ताहरू नै रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।