बिहिबार, बैशाख १३, २०८१

गुटउपगुट र अस्तित्व स्वीकार नगर्ने प्रवृतिको अन्त्य नभएसम्म काङ्ग्रेस बलियो हुन सक्दैन : सभापति देउवा

काठमाडौ जेठ ३,  नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै पार्टीभित्र मौलाउँदै गरेको गुट उपगुट बनाउँने प्रवृति र एकले अर्काको अस्तित्व स्वीकार नगर्ने प्रवृतिको अन्त्य नभएसम्म पार्टी मजबुत हुन नसक्ने बताउनुभएको छ ।

त्यस्तै उहाँले वालमा प्रजातान्त्रिक विचार व्रवाह गर्ने संघसस्थाले पनि काँग्रेसको पछि��्लो भूमिकालाइ जनतामाझ लैजान नसकेको कारण काँग्रेसको राजनैतिक धरातल कमजोर भएको बताउँदै लोकतान्त्रिक विचार प्रवाह गर्न अवका दिनमा प्रतिवद्धरुपमा लाग्नु पर्नेमा जोड दिनु भएको छ । त्यसअवसरमा सभापति देउवाले लोकतान्त्रिक योद्धा सम्मानबाट पत्रकार एवं राजनीतिज्ञ नुतन थपलियालाई रु २५ हजार नगद र ताम्रापत्रद्वारा सम्मान गरिएको गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रमका अर्का वक्ता कृष्णप्रसाद सिटौलाले सरकारका गतिविधि जनताको हितविपरीत भएको भन्दै सरकारविरुद्ध सङ्घर्ष गर्नुको विकल्प नभएको बताउँदै सरकार भन्दा पनि मा जानुपर्ने बेला आएको बताउनुभयो ।

पार्टीका पूर्वमहामन्त्री सिटौलाले पार्टी पार्टी सधै आन्तरिक कलहको उल्झनमा रहदै गर्दा संगठन कमजोर बन्दै गएको बताउँनु भएको छ । त्यस्तै काङ्ग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वर्तमान सरकारले लोकतन्त्रको आवरणमा सरकारले प्रजातन्त्रको आधारस्तम्भ प्रेसजगतलाइ समाप्त पार्ने नयाँ खेल आरम्भ गरेको बताउँदै यसतर्फ पार्टी वेलैमा सचेत हुनुपर्ने बताउँनु भएको छ ।

कार्यक्रममा काङ्ग्रेस नेता लक्ष्मणप्रसाद घिमिरे समाजका अध्यक्ष डा केदारनरसिंह केसी लगायतले सरकारको गतिविधिविरुद्ध लोकतन्त्रवादी एकजुट हुनुपर्ने बेला आएको विचार व्यक्त गर्नुभयो । दुई दिनसम्म चल्ने समाजको महाधिवेशनमा ४१ जिल्लाका ३०० प्रतिनिधिको सहभागिता रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।