बिहिबार, चैत्र १५, २०८०

कुनैपनि अर्थमा प्रेसमाथि अङ्कुश लगाउने सरकारकोअभिष्ट नरहेको मन्त्री बाँस्कोटाको जिकिर

पूर्वअध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकारद्वय गोपाल गुरागाईं र सङ्गीता लामालाई ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान  

  काठमाडौ बैशाख २०, २६ औं अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा आज राजधानीमा  नेपालमा ‘लोकतन्त्र र शान्तिका लागि मिडियाः इन्टरनेटको युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नाराका साथ आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्रका लागि सुरक्षा अवसरको वर्ष हुने बताउँदै पछिल्लो समय समाचारको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको जिकिर सहित यर्थाथपकर सूचना प्रवाह गर्न र जनविश्वास आर्जन गर्न आग्रह गर्नु भएको छ । त्यस्तै सरकारको किमार्थ प्रेसमाथि अङ्कुश लगाउने अभिष्ट नरहेको जिकिर गर्दै उहाँले

अवका दिनमा समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउँदै सबै सञ्चारगृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिबद्धता सहित श्रमजीवीको शोषण अब स्वीकार्य नहुने जनाउ दिनु भएको छ । साथै त्यस अवसरमा मन्त्री बाँस्कोटाल महासङ्घद्वारा प्रकाशित प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महासङ्घका पूर्वअध्यक्ष ��र्मेन्द्र झा, वरिष्ठ पत्रकारद्वय गोपाल गुरागाईं र सङ्गीता लामालाई ‘प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानीत गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया ,प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, पूर्वअध्यक्ष हरिहर विरहीलगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।