शनिबार, बैशाख ८, २०८१

काँग्रेसका सभापति देउवा भने- लोकतन्त्रमा मात्र श्रमको सम्मान हुन्छ 

काठमाडौ बैशाख १८,  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मजदुर दिवसका अवसरमा सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्नुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आज जारी गर्नु भएको सन्देशमा नेपालमा काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको बताउनुभएको छ ।

तत्कालीन सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दबाउने नीति अख्तियार गरेर जननायक बिपी कोइरालालगायत धेरै नेतालाई पक्राउ गरेको उल्लेख गर्दै सभापति देउवाले नेपालमा प्रजातन्त्रको प्रस्थानविन्दु त्यही मजदुर आन्दोलन भएको उल्लेख गर्नु भएको छ ।

साथै उहाँले काँग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित गराउन २०४८ सालमा श्रम ऐन, २०४९ सालमा ट्रेड युनियन ऐन र २०७४ सालमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र संशोधित श्रम ऐन ल्याएको सन्देशमा उल्लेख गर्दै लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने हुँदा लोकतन्त्रको रक्षा र सम्वद्र्धनमा सम्पूर्ण श्रमिक सजग र जिम्मेवार रहने विश्वास व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।