शुक्रबार, चैत्र १६, २०८०

कर्मचारी गच्छदारमाथि गोली प्रहार, चार लाख लुटपाट गरि लुटेरा फरार

काठमाडौं जेठ १२, जीवन विकास संस्थाका कर्मचारी शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार गरि रु ४ लाख लुटेको धरान इलाका प्रहरी कार्यालयले जनाएको छ । स्कुटीमा आएका तीन जनाको अज्ञात समूहले गच्छदारमाथि गोली प्रहार गरी रकम लुटपाट गरेको हो ।

 प्रहरीका अनुसाार दिउँसो को१८प ५२९४ नंं नम्बरको मोटरसाइकलबाट धरान फर्कंदै गर्दा तीन जनाको समूहले रोकेर लिफ्ट मागेको त्यसक्रममा आफुले लिफ्ट दिन नसक्ने बताएसंगै भएको झडपको क्रममा गोली प्रहार गरेको घाइते कर्मचारी गच्छदारलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

लुटेरा समूहले प्रहार गरेबमेको  गोली    गच्छदारको   बायाँ कम्मरको माथिल्लो भाग र हातको कुहिनामा लागेको र उहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकास्मिक कक्षमा उपचार भइरहेको र घटनापछि धरानको सुरक्षा व्यवस्था कडा बनाइएको समाचारमा जनाईएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।