शुक्रबार, बैशाख १४, २०८१

ओली सरकारले आज आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौ बैशाख २० , प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको तर्फबाट आगामी आर्थिक वर्षको लागि प्रस्तावित नीति तथा कार्यक्रम आज सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुने संसद् सचिवालयले  जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।