बिहिबार, बैशाख १३, २०८१

ओली नेतृत्वको सरकार असफल भएको काँग्रेसको निष्कर्ष

काठमाडौं बैशाख १९, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले सरकार पछिल्लो समय एकपछि अर्को काण्डमा मुछिएको अवस्थाको विश्लेषण गर्दै नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको र सरकार असफल भएको निष्कर्ष निकालेको छ ।

त्यसैगरी बैठकले नेपाली कांग्रेसको जागरण अभियानलाई देशव्यापीरुपमा प्रभावकारी बनाउने निर्णय सहित सातवटै प्रदेशमा हुने जागरण अभियानमा शीर्ष नेताहरुले सम्बोधन गर्ने र जिल्लातहमा केन्द्रीय नेताले सम्बोधन गर्ने निर्णय गरेको गर्नुको अलावा सरकारले नीति तथा कार्यक्रमका बारेमा समेत छलफल गरेको बताईएकाु छ । बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतका नेता सहभागी रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।