बिहिबार, बैशाख १३, २०८१

उपराष्ट्रपति पुन साताव्यापी भ्रमणका लागि अष्ट्रिया प्रस्थान

काठमाडौ जेठ १२, उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा साताव्यापी भ्रमणका लागि आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केर्पी ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री , परराष्ट्र सचिवलगायतले बिदाइ गर्नुभएको थियो ।

उपराष्ट्रपति पुनले जेठ १४ गते आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुनु भइ नेपालको धारणा अभिव्यक्त गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यस्तै अष्ट्रिया भ्रमणको क्रममा उपराष्ट्रपति अष्ट्रियास्थित नेपाली राजदूतावासले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुको अलावा उच्चस्तरीय भेटवार्ता समेत गर्नुहुने कार्यक्रम रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।