बिहिबार, बैशाख १३, २०८१

उपत्यकाबाट तीनपांग्रे सवारी–साधनलाइ विस्थापन गरिदै

मोटरसाइकलमा पछाडि बस्नेलाई हेलमेट अनिवार्य  हुँदै

काठमाडौ जेठ ५, महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाबाट साना तथा तीनपांग्रे सार्वजनिक सवारी–साधन पूर्णरुपमा विस्थापन गर्न तयारी थालेको छ ।

आज राजधानीम पत्रकार सम्मेलन गर्दै महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले उपत्यकाबाट तीनपांग्रे साना सार्वजनिक सवारी–साधन विस्थापन गर्नका लागि यातायात व्यवस्था विभागसँगको समन्वय अन्तिम चरणमा रहेको बताउँनु भएको हो ।

त्यस्तै पत्रकार सम्मेलनमा उहाँले प्रदूषण ‘फेल’ भएका सार्वजनिक सवारी–साधनमाथिको कारबाहीलाइ तिव्रता दिईएको बताउँदै सडक यात्रुको सहजताको लागि उपत्यकाका विभिन्न ठाउँमा जेब्राक्रसिङ बनाउने काम भइरहेको बताउँनु भएको छ।

साथै उहाँले सुरक्षाको लागि मोटरसाइकलमा पछाडि बस्नेले हेलमेट लगाउने व्यवस्था लागू हुनु जानकारी दिदै उपत्यकाका ट्राफिक लाइटहरु प्रयोगमा ल्याउने, भाडाका सवारी–साधनमा ‘ड्रेसकोड’ लागू गर्ने, ‘हाइवे’मा जथाभावी पार्किङ नियन्त्रण गर्नेलगायतका महाशाखाको योजना रहेको जानकारी दिनु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।