बिहिबार, चैत्र १५, २०८०

उच्च अदालत बाँकेका नासु पाठक घुस रकम सहित रङ्गेहात पक्राउ

काठमाडौ बैशाख २२,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु तीन लाख घुस लिएको अभियोगमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायब सुब्बा कृष्णकुमार पाठकलाइ आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले पक्राउ गरेको आयोगले जनाएको छ ।

यसैवीच महानगरीय दङ्गा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत प्रहरी जवान गणेश लोहा विरुद्ध आज विशेष अदातमा मुद्दा दायर गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा प्रहरी जवान गणेश लोहाले साउदी अरबका लागि श्रम स्वीकृति लिने सिलसिलामा सेवाग्राहीसँग रु १७ हजार अरेबिक भाषा अनुवादक अजाद आलम, प्रहरी जवान विष्णु नाथ र प्रहरी जवान लोहारको आपसी सल्लाह र संलग्नतामा घुस लिएको अनुसन्धानको क्रममा पुष्टिभएसंगै आयोगले मुद्धा दायर गरेको जनाएको छ ।

यसैवीच आयोगले काहुँ आधारभूत विद्यालय कास्कीका नक्कली प्रमाणपत्रधारी तत्कालीन प्रधानाध्यापक अम्बिका गौतम , सेवाग्राहीसँग घुस लिने चन्द्रागिरि नगरपालिकाको कार्यालय, बलम्बुका लेखा अधिकृत प्रकाशचन्द्र भट्टराइ विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।