बिहिबार, चैत्र १५, २०८०

आफ्नै पार्टीका नेता–कार्यकर्तालाई घमण्ड नगर्न नेता नेपालको सुझाव

काठमाडौं जेठ २,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले पार्टीका नेता–कार्यकर्तालाई घमण्ड नगर्न सचेत गराएका छन् ।  बुधबार पार्टीनिकट युवा संगठनको २९औं स्थापना दिवस कार्यक्रममा वोल्दै  उहाँले  गत निर्वाचनमा नेकपाले दुईतिहाइ मत नपाएकोतर्फ सचेत गराउँदै ५५ प्रतिशत मतमात्रै पाएकाले दुईतिहाइको घमण्ड गर्न नहुने बताएका हुन् ।

नेकपाले दुईतिहाइ मत ल्याउन बाँकी रहेको तर त्यसका लागि नेतृत्वले जनताका कुरा सुन्न र दुःख–सुख बुझ्न सक्नुपर्ने उनले बताए ।  साथै  कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता अध्ययनशील हुनुपर्ने भन्दै अध्ययन, चिन्तन गर्न सुझाव दिदै राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवाललाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताउँनु भएको  छ ।

त्यस्तै कार्यक्रममा नेकपाका नेता एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एकीकृत कम्युनिस्ट पार्टी विचारमा स्पस्टताको अभाव रहेको बताउँदै वैचारिकरुपमा अस्पस्टको अन्यौलता बढ्दै जाने हो भने पार्टी तासको घरजस्तै भत्कने संभावना रहेको तर्फ नेतृत्वलाइ सचेत गराएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।