बिहिबार, बैशाख १३, २०८१

आफुले देश र समाजलाइ के दिन सक्यौँ भन्ने भावलाइ मनन गर्न् नव-निर्वाचित डिजी जोशीको आग्रह

काठमाडौं जेठ १२ , शनिवार राजधानीमा लायन्स क्लब ईन्टरनेशनल, ३२५, ए–२ को डिष्ट्रिक गभर्नर चौथौ एडभाइजरी कमिटी मिटिङ एण्ड फेलोसीप कार्यक्रम सम्पन्न भएको छ ।

जोन चियर पर्सनद्दय लायन भरत प्रशाइ र निराजन अर्याल नेतृत्वको दुइ अलग-अलग जोन अन्र्तगतका क्लव मिटिङमा लायन्स क्लब अफ काठमाडौं फेलोसीप, लायन्स क्लब अफ रामेछाप लिखु, लायन्स क्लब अफ काठमाडौं जागृति, लायन्स क्लब अफ नेपाल जर्नालिस्ट र लायन्स क्लब अफ हिमालय एक्सिलेशन त्यस्तैगरिगरि लायन्स क्लव अफ कागेश्वरी, ओपेरा सिटी ,पर्ल सिटी र हेल्पीङ हर्टस लगायतका क्लव अध्यक्षले आ–आफ्नो क्लबको तर्फबाट सम्पादन भएको कार्यप्रगति र भावी योजनाको प्रतिवेदन पेश गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रमलाइ सम्बोधन गर्ने क्रममा डिष्ट्रिक गर्भनर सुदर्शनधर प्रधानाङ्गले आफ्नो कार्यकालमा सम्पन्न भएको कार्ययोजनाको सकारात्मक पक्षप्रति प्रकाश पार्दै सम्वद्ध सवैक्लवलाइ क्लव सदस्य थप्न आग्रह गर्नु भएको थियो । साथै उहाँले आफ्नो कार्यकाल सकिएपनि आफु निरन्तर लायन्सको प्रगति उन्नतीका लागि लागि   रहने प्रतिवद्धता अभिव्यक्त गर्नुभएको थियो ।

त्यस्तै डिष्ट्रिक गर्भनर शोभा जोशीले विगतका वर्षमा जस्तै आफनो कार्यकालमा पनि समाज र देशले आफुलाइ के दियो भन्दा पनि आफुले देश समाजलाइ के दिन सक्यौ भन्ने भावनालाइ आत्मासात गर्दै उदाहरणीय कार्य सम्पादन गर्न सम्वद्ध सवै क्लवलाइ आग्रह गर्नुभएको प्रस्तुत कार्यक्रममा नव निर्वाचित फस्ट भिडिजी डा शुशीला मल्ल, मल्टिपल जिएमटी कोअर्डिनेटर लायन शम्भू घिमिरे ,मल्टिपल चिएर पर्सन लायन डिआर खनाल काठमाडौं फेलोसीपका अध्यक्ष  लायन स्वदेश महर्जन  लगायतले वोल्नु भएको थियो ।  कार्यक्रममा दुवै जोन अन्र्तगतका क्लव अध्यक्ष हरुलाइ  लायन्स इन्टरनेशनल पिन र Letter of Appreciation   बाट  सम्मानीत गरिएको थियो ।

त्यस्तैगरि आफ्नो कार्यकाल सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकोमा लायन लिडरहरु क्रमस डिष्ट्रिक्ट गभर्नर प्रधानाङ्ग, नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर शोभा जोशी, नवनिर्वाचित भाइस डिष्ट्रिक्ट गभर्नर डा.शुशीला मल्ल, भिडिजी लायन शम्भु घिमिरे, पीएमसीसी लायन कयामुद्दिन, पीएमसीसी पंकज प्रधान, मल्टिपल चीयर पर्सन लायन डिआर खनाल, पीडिजी मधुकरकुमार उपाध्याय, पीडिजी विजु वज्राचार्य, पीडिजी केपी अवाल लगायतलाइ फुलको माला सहितको सम्मान समपर्ण गरिएको थियो । कार्यक्रमको समापन सत्रमा काठमाडौं फेलोसीपका अध्यक्ष लायन स्वदेश महर्जनले   धन्यावद ज्ञापन अभिव्यक्ति दिनु भएको थियो ।  कार्यक्रममा विभिन्न तह र तप्काका जिम्मेवार लायन्स पदाधिकारीको उपस्थिति रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।